बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा - Crazysaptahik.com

बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

 


जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेपानिस क्लब सेभियासँग २–२ गोलको बराबरी खेले पनि समग्रमा ५–४ को जितसहित डर्टमण्ड अन्तिम आठमा प्रवेश गरेको हो ।

पहिलो लेगको खेल डर्टमण्डले ३–२ ले जितेको थियो । दोस्रो लेगमा एर्लिन हालान्डले डर्टमण्डका लागि २ गोल गरे । यस्तै सेभियाका लागि युसुफ एन नेसरीले २ गोल गरे । खेलको ३५औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

५४औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । उनले पेनाल्टीमा गोल गरेका थिए । तर डर्टमण्डले दुई गोलको अग्रता बनाए पनि सेभियाले पुनरागमन गर्दै दुई गोल नै फर्कायो ।

६९औं मिनेटमा युसुफ एन नेसरीले पेनाल्टीमा गोल गरे । इन्जुरी टाइमा युसुफले व्यक्तिगत दोस्रो गोल गरेपछि सेभियाले खेल २–२ को बराबरीमा सकायो । तर पहिलो लेगमा जित हात पारेको आधारमा डर्टमण्ड अघिल्लो चरणमा पुग्दा सेभिया भने अन्तिम १६ बाटै बाहिरियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.