
एथ्लेटिक विल्वाओविरुद्ध पुनरागमन जित निकाल्दै लिग लिडर एट्लेटिको मड्रिड स्पानिस ला लिगामा ६ अंकको अग्रता बनाएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले एथ्लेटिक विल्वाओलाई २–१ ले पराजित गरेको हो । एक गोलले पछि परेको स्थिति उल्टाउदै एट्लेटिकोले पुनरागमन जित हात पारेको हो ।
एट्लेटिकोको मैदानमा इकर मुनियनले गोल गर्दै एथ्लेटिक विल्वाओलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा मार्कोस लरेन्टेले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । लइस सुआरेजले ५१औं मिनेटमा गोल गरेपछि एट्लेटोले २–१ को अग्रता बनायो ।
सुबरेजकै गोल एट्लेटिकोको जितमा निर्णायक बन्यो । जितपछि एट्लेटिकोले २६ खेलबाट ६२ अंक जोडेको छ । समान खेलबाट ५६ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।


