
इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा जर्मन क्लब आरबी लाइजिगलाई समग्रमा ४–० ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनल पुगेको हो ।
बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले आरबी लाइपजिगलाई २–० ले पराजित गरेको हो । यसअघि पहिलो लिगमा पनि लिभरपुल २–० ले नै विजयी भएको थियो । हंगेरीको पुस्कास एरिनामा भएको दोस्रो लेगमा लिभरपुलका लागि मोहमद सालाह र साडियो मानेले एक एक गोल गरे ।
लिभरपुलले अन्तिम २० मिनेट भित्र दुई गरेको थियो । ७०औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । त्यसको चार मिनेटपछि मानेले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।


