यसकारण ‘नाई नभन्नु ल ६’मा वर्षा नहुने - Crazysaptahik.com

यसकारण ‘नाई नभन्नु ल ६’मा वर्षा नहुने

कोरोना भाइरसको कारण ठप्प भएको चलचित्र क्षेत्र चलायमान हुन थालेपछि निर्माताहरु चलचित्र निर्माणमा पनि सक्रिय हुन थालेका छन् । निर्देशक तथा निर्माता विकासराज आचार्य चलचित्र ‘नाई नभन्नु ल ६’को तयारीमा छन् ।

यसका लागि उनी चलचित्रको मुख्य नायिका खोजिरहेका छन् । यसअघि चलचित्रमा नायिका वर्षा राउतको मुख्य भूमिका रहने खबर बाहिरिएको थियो । तर, चलचित्रमा वर्षा नहुने विकासको भनाई छ ।

विकासले  भने–‘वर्षासँग काम गर्न मलाई निकै नै सहज लाग्छ । तर, यसपटक छैटौं सिरिजमा चौथो सिरिजको क्लाइमेक्सको दृश्य पनि समावेश हुने भएकाले वर्षालाई राख्न मिलेन । किनकी, चौथो सिरिजको क्लाइमेक्समा नै वर्षा छिन् ।

 

सोही कलाकारलाई दर्शकले छैठौं सिरिजमा सही नहुन सक्छ ।’ वर्षा नहुने भएपछि विकासले अहिले नयाँ अनुहारको पनि खोजी गरिरहेका छन् । विकास भन्छन्–‘सेड्रिना ठूली भएपछिको भूमिकामा अभिनय गर्ने कलाकार हामीलाई चाहिएको हो ।

यसैले, कथा सुहाउँदो कलाकार खोजिरहेका छौं । भएन भने, सेड्रिनालाई नै अभिनय गराएर रिक्स पनि लिनुपर्ला ।’ सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखनमा तयार भैरहेको यो चलचित्रमा अनुभव रेग्मी पनि मुख्य भूमिकामा रहनेछन् ।

सम्बन्धित खवर