
२ जना र मोरङ १ जना लागुऔषध सहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट, ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका –७ का ४० बर्षीय हस्त बहादुर राईलाई ६९०ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै मोरङ विराटनगर –१६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लेटाङ ५ का२४ बर्षीय प्रदिप राईलाई लागुऔषध एभिल–१० एम्पुल, लुपिजेसिक–१० एम्पुल, डाईजोलयाप–१० एम्पुल, फेनारगन–९ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका उपर थप अनुसान्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

