
झापा । गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । गत राती सभा ९ बजे प्रदेश १–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटी चालक दमक नगरपालिका ८ का ५० बर्षीय ईन्द्र भुजेलको लाईफ लाईन अस्पताल दमकमा लाने क्रममा बाटोमा नै मृत्यु भएको छ भने मोटरसाईकल चालक दमक नगरपालिका ४ का २६ बर्षीय संजोक सुन्दास घाईते भएका छन् ।
उनको बिएण्डबि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

