
खोटाङ । भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका –११ राजापानी मापाचुलीका ५६ बर्षीय राम बहादुर कार्की भिरबाट लडी मृत्यु भएको हो ।
हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

