मोरङको सुन्दरहरैँचाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ - Crazysaptahik.com

मोरङको सुन्दरहरैँचाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

प्रहरीले मोरङको सुन्दरहरैँचाबाटलागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जनालाईसोमबारराति नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय पदमबहादुर तामाङ र बराहक्षेत्र नगरपालिका–५ का ३३ वर्षीय रामकुमार चौधरी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले दुई ग्राम खैरो हेरोइन बरामद भएको छ । दुवै जना पूर्वतर्फ जाँदै गरेको को २७ प ६६९२ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला प्रहरीको फन्दामा परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी विपिन रेग्मीले बताए ।

मोटरसाइकलसहित नियन्त्रणमा लिइएका उनीहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.