युवा संघ नेपालको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न - Crazysaptahik.com

युवा संघ नेपालको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न

पथरी शनिश्चरे – युवा संघ नेपाल पथरी शनिश्चरे वडा नं ९ को आयोजना सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ र सफा शनिश्चरेको मुल नाराका साथ संघले शनिश्चरे बजार सफाई गरेको हो ।

पिपल डाडाँ बाट सुरु भएको सो कार्यक्रम हाटखोला, ९ वडा कार्यलय, शनिश्चरे चौक हुदै ४ नं. वडा कार्यलय अगाडि समापन भएको थियो । संघका ९ वडा कमिटिका अध्यक्ष ईश्वर दुलालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवासंघ नेपालका केन्द्रिय सदस्य भक्त राई, प्रस्ताबित जिल्ला सदस्य बरुण मोक्तान, नबिन ढकाल, संघका नगर अध्यक्ष किसन राई, २ नं. वडा कमिटि अध्यक्ष भिम्शेन भुपाल राई लगायलको उपस्तीथि रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका केन्द्रिय सदय राईले भने, आफ्नो गाउँको बिकाश र समृद्धिकालागी युवाहरुको अहम भूमिका रहने छ । हामी युवाहरु एक जुट भएर गाउँ, टोल, नगर तथा देश बिकासका लागी लागी परेर सहयो गर्नुपर्छ ।

त्यस्तै संघका ९ नं. वडा कमिटि अध्यक्ष दुलालले भने, हामी युवाहरु सधै न्यायको पक्षमा, समाजको हित, सामाजिक कार्यहरुमा अगाडि बढ्नु पर्ने कुरा राख्दै । आफुले गरेका फोहोरलाई आफैले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री नराख्न आग्रह गरे ।

कार्यक्रम उपस्थित सम्पूर्णलाई संघका ९ वडा कमिटिका अध्यक्ष दुलाले हार्दिक धन्यवाद व्यक्त गर्दै नमूना वडा बनाउन युवाहरु सधै सकृय रहने कुरा ब्याक्त गर्दै सबैलाई सहयोग गर्न आग्रह गरे ।

सम्बन्धित खवर