कैलालीमा जुवाखालबाट प्रहरीका असईसहित ४ जना पक्राउ - Crazysaptahik.com

कैलालीमा जुवाखालबाट प्रहरीका असईसहित ४ जना पक्राउ

 

कैलालीको गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा जुवातास खेलिरहेका प्रहरी सहायक निरिक्षक (असई) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असई पुस्कर भट्टसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले रातोपाटीलाई बताए ।

भट्ट कैलालीको धनगढी उपमहानगरपालिका–७ का स्थानीय हुन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने ४५ वर्षीय डबल चन्द, ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी–५ बस्ने ४० वर्षीय टेक बहादुर विष्ट र कञ्चनपुर भिमदत्त नगरपालिका ४ का ३७ वर्षीय सन्तोष चन्द छन् । जुवाखालबाट प्रहरीले ३ लाख ३४ हजार नगद बरामद गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.