मिलन स्पोटिङ क्लबद्वारा चासोक तङ्नामको हिसाव सार्वजानिक - Crazysaptahik.com

मिलन स्पोटिङ क्लबद्वारा चासोक तङ्नामको हिसाव सार्वजानिक

क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षी– ७ मा स्थापित मिलन स्पोटिङ क्लबले आयोजना गरेको चासोक तङ्नाम सांगीतिक कार्यक्रमको हिसाव बुधबार सार्वजानिक गरेको छ ।

पुस १५ गते भएको सो कार्यक्रममा आयतर्फ ६ लाख ४९ हजार रुपैयाँ, व्ययतर्फ ४ लाख १६ हजार र बचत २ लाख ३३ हजार रुपैयाँको हिसाव आयोजकले सार्वजानिक गरेको हो । जसअन्तर्गत कलाकार खर्च ९० हजार, स्टेज सजिसजाउ ३० हजार, साउन्ड सिस्टम २० हजार, प्रचार प्रसार ३० हजार, पाहुना सत्कार ९० हजार, केलाङ समूह २० हजार, अतिथि सत्कार १५ हजार, मायाको चिनो १० हजार, पानी ९ हजार, यातायात खर्च २५ हजार, सजावट ३५ हजार, जातीय भेषभुषा १५ हजार र विविध २६ हजार रुपैयाँ रहेको छ ।

यस्तैगरी आयतर्फ शिवसताक्षी वडा नं. ७ बाट ५० हजार, माइतराज बोखिम ३२ हजार, जेबी माइथाक (हेवी) २४ हजार, हेम लावती ४८ हजार, इन्द्र लावती १६ हजार, नविन सुहाङ ८ हजार, दया कुरुम्बाङ ८ हजार, राम बोखिम ८ हजार ८०, ज्ञानबहादुर बोखिम ४ हजार ८ सय, बिकु बोखिम १६, शान्ता वनेम २४ हजार १६, याम इजम कङलिवा १२ हजार ८०, नन्द चंसु १० हजार ४ सय, वसन्त चेम्जोङ १५ हजार, राजु राई १५ हजार, तिलविक्रम कुरुम्बाङ १० हजार, प्र्रभा इजम १० हजार, धनकुमारी मेन्याङ्बो १० हजार, सोनिया राना मगर १० हजार, तुलाराम माइथाक १२ हजार २ सय, राजु सुवेदी १० हजार, दुर्गा सामेखाम १६ हजार, बुद्धी सेर्मा ५ हजार ६ सय, चेत गुरुङ ५ हजार ६ सय, राष्ट्र निङ्लेखु ८ हजार, जितेन सामेखाम ३ हजार २ सय, मणि सेर्मा ४ हजार ८ सय, टेक राई ४ हजार ८ सय, दिल सिङ मेन्याङ्बो ५ हजार ५ सय ५५, प्रविन तुम्वापो ५१ हजार, एन्जिला मेन्याङ्बो १० हजार, केन्जी फुङ यातायात, प्रेम आङदेम्बे (मन्त्री) ५ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

यस्तै चासोक तङ्नामका लागि ५ हजार सहयोग गर्नेहरु भिमबहादुर नेम्बाङ, रविन बोखिम, मनु सम्वाहाम्फे, शरन लक्सम, मुन्धुम रविन लिम्बु, कविता लिम्बु, विरु बोखिम, दिपक माबो, टिकाराम चेम्जोङ, आशबहादुर सेर्मा, मनोज योङहाङ, अविरमान सम्वाहाम्फे, मोहन बेधा, राजाबासे इजम, विरजा बोखिम, सन्दिप योङहाङ, विजेन्द्र लिम्बु, सुर्य काङ्भा, त्रिशाल कुमार आङदेम्बे, विरवल मेन्याङ्बो, अमिर मेन्याङ्बो, पुनम राई, टिका थेगिम, भेनुस ब्राण्डेड वेयर, दिवस घिसिङ, भवानी चेम्जोङ, मोतिलाल बेघा, विना इजम, हरि इजम, भिम सम्वाहाम्फे, प्रतिक बस्नेत, भिम इजम, गजेन्द्र केरुङ गोरे, हिमालय चेम्जोङ, नारायण आङ्देम्बे,, विन्दु लावती, तुला बोखिम, आन्छी क्याफे एण्ड बार, रोशन भट्टराई, सन्जु माबो, पदम चेम्जोङ रहेका छन् ।

सो कार्यक्रम सफल पार्न मलेसियाबाट मनु सम्वाहाम्फे, हङकङबाट माइतराज बोखिम र बहराइनबाट विक्रम आङ्देम्बेले विशेष सहयोग गरेका थिए ।

हिसाव सार्वजानिक कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुप्रति आयोजकले कृतज्ञता प्रकट गरेको थियो । हरेक वर्ष आयोजकले हर्षाेल्लासका साथ चासोक तङ्नामको आयोजना गर्दै आइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.