युएनएचसीआर द्धारा एम्बुलेन्स प्रदान - Crazysaptahik.com

युएनएचसीआर द्धारा एम्बुलेन्स प्रदान

पथरी शनिश्चरे, शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयलाई विरामी बोक्ने एउटा एम्बुलेन्स प्रदान गरेको छ ।

भूटानी शरणार्थी प्रभावित क्षेत्रका रुपमा रहेको यस नगरका लागि हिजो युएनएचसीआरका प्रतिनिधिबाट नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यमार्फत एम्बुलेन्स हस्तान्तरण गरिएकोे थियो ।

युएनएचसीआरले नगरलाई तत्कालै पनि फोहोर व्यवस्थापनका लागि एउटा ट्रिपर प्रदान गरेको थियो । युएनएचसीआरले नगरको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

सम्बन्धित खवर