पथरी शनिश्चरे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका वडा नम्बर १ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ ।

नगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा लघु उद्यमी बन्न चाहने आर्थिक विपन्नहरुको छनौट गरेपछि मंगलबार देखी ८ दिने तालिमको सुरु गरिएको हो । तालिमको एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाट्न गर्दै घरमै बसी बसी महिलाहरु उद्यमी वन्न सक्ने उपायको खोजी गर्न यस प्रकारको कार्यक्रम अघि बढेको बताउनु भयो ।

नगरको लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी जानुका भण्डारीले पनि मन्तव्य व्यक्त गर्नुभयो । सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रममार्फत छनौट गरिएका आर्थिक विपन्न महिलाहरुका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । ‘व्यवसाय सचेतना तथा सुरु र लैंगिक तथा सामाजिक समावेशिकरण’ नाम दिइएको सो तालिम चैत १० सम्म सञ्चालन हुनेछ ।
कार्यक्रमका लागि छनौट गरिएको वडा नम्बर २ र ३ मा यसअघि सो तालिम सम्पन्न भएको छ ।

