युरोपा लिग : पोग्बाको निर्णायक गोलमा म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा - Crazysaptahik.com

युरोपा लिग : पोग्बाको निर्णायक गोलमा म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै समग्रमा २–१ को जपतसहित युनाइटेड क्वाटरफाइनल पुगेको हो ।

पहिलो लिगमा युनाइटेड र मिलानले १–१ गोलको बराबरी खेलेका थिए । मिलानको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा पोग्बाले गोल गरेका थिए । त्यही गोल नै युनाइटेडका लागि निर्णायक बन्यो । ४६औं मिनेटमा मार्कुस रासफोर्डको स्थानमा मैदान प्रवेश गरेका पोग्बाले तीन मिनेटपछि नै गोल गरेका हुन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.