एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा कान्तिपथबाट एक जना पक्राउ - Crazysaptahik.com

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा कान्तिपथबाट एक जना पक्राउ

 


काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् ।

शुक्रबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका महानगरीय प्रहरी वृत्त दरबारले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.