
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आजदेखि नगर स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक–एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागीबाट दुई–दुई गरी १४ टिम सहभागी हुने आयोजक कुमारकृष्ण राईले जानकारी दिए । भुटानी शरणार्थी र स्थानीयवीचको मैत्री सम्बन्धलाई अझ प्रघाढ बनाउने, स्थानीय खेलाडीहरुको बिकास गर्ने उदेश्यले फुटबल खेलको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको ‘ए’ पोलमा वडा नम्बर १, ३, ४, ६, ९, बेलडागी ‘बी’ र आयोजक सीवाईसी भुटानी शरणार्थी शिविर शनिश्चरे रहेका छन् । ‘बी’ पोलमा वडा नम्बर २, ५, ७, ८, १० र भुटानी शरणार्थी शिविर शनिश्चरेका आयोजक ‘बी’ र बीवाईसी बेलडाँगी शिविर प्रतिष्प्रर्धा गर्ने भएका छन् ।
आजको खेल पथरी शनिश्चरे वडा नम्बर १ र बेलडाँगी शिविर ‘बी’ टिमवीच प्रतिष्पर्धा हुनेछ । आजको उद्घाटनको खेलको प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिप कुमार राई (किशोर) हुने आयोजकले जानकारी दिएको छ ।
चैत्र २० सम्म हुने खेलमा बिजेता टिमलाई ७५ र दोस्रो हुने टिमलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक रबिन राईले बताए । खेलमा वडाबाट खेल्ने खेलाडि वडा बाहिर र शिविरबाट खेल्ने खेलाडि शिविर बाहिरको हुन नहुने आयोजन समितिले जनाएको छ ।
कोभिड–१९ को प्रकोप सहजहुँदै जाँदा पथरीशनिश्चरे नगरमा यस अघि नगर स्तरीय लिगकम नकआउट फुटबल, शविरमा खुल्ला नकआउट फुटबल लगायतको प्रतियोगिता भएको थियो ।

