उद्घाटन खेलमा पथरी शनिश्चरे वडा नं. १ विजयी - Crazysaptahik.com

उद्घाटन खेलमा पथरी शनिश्चरे वडा नं. १ विजयी

क्रेजी संवाददाता
पथरी । प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा बी.वाई.सी. ‘बी’ लाई विशाल गोल अन्तरले हराउँदै पथरी शनिश्चरे–१ विजयी भएको छ ।

पथरी शनिश्चरे– १० मा अवस्थित पथरी रंगशालामा आज भएको उद्घाटन खेलमा पथरी शनिश्चरे १ ले बी.वाई.सी. ‘बी’ लाई ११ गोल गर्दै बिजयी भएको हो ।

खेल सुरुवात भएको २ मिनेटमै पथरी शनिश्चरे–१ का विशाल पाण्डेले गोलको खाता खोलेका थिए । त्यसपछि विजय लिम्बुले १० औं मिनेटमा गोल गरे । यस्तै ३५ औं मिनेटमा रमेश लिम्बुले गोल गर्र्दै टिमलाई ३ गोलले अगाडि बढाए ।

यसैगरी दोस्रो हाफको ४ मिनेटमा रबिन राई, ८ मिनेटमा मन्जिल लिम्बु, १४ औं मिनेटमा अभय लिम्बु, १६ औं मिनेटमा मनोज खड्का, २० औं मिनेटमा फरेस लिम्बु, २७ औं मिनेटमा सन्तोष गुरुङ, ३० औं मिनेटमा सन्जय लिम्बु, ३३ औं मिनेटमा सन्जय लिम्बुले नै गोल गर्दै टिमलाई ११ गोलको अग्रता दिलाए । झापा बेलडागीका खेलाडीले गोल फर्काउन प्रयास गरेता पनि गोल गर्नबाट वन्चित रहे ।

उद्घाटन खेलको म्यान अफ द म्याच विजेता टिम पथरी शनिश्चरे १ का खेलाडी संजय लिम्बु घोषित भए । लिम्बुलाई पथरी शनिश्चरे रिफ्युजी क्यम्पका सचिव चम्फासिंह राईले नगद रु. १५ सयका साथ मेडल प्रदान गरे । भोलीको खेल पथरी शनिश्चरे वडा नं. २ र ५ बीच हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.