बेन्जामाको दुई गोल, रियल दोस्रो स्थानमा उक्लियो - Crazysaptahik.com

बेन्जामाको दुई गोल, रियल दोस्रो स्थानमा उक्लियो

 

करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–१ ले पराजित गरेको हो ।

रियलको जितमा करिम बेन्जामाले दुई र मार्को एसेन्सियोले एक गोल गरे । बेन्जामाले २०औं र ३०औं मिनेटमा गोल गरे । असेन्सियोले इन्जुरी टाइममा गोल थपे । सेल्टाका सान्टि मिनाले ४०औं मिनेटमा एक गोल फर्काए ।

जितपछि २८ खेलबाट ६० अंक जोड्दै रियल अंक तालिकामा दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको एट्लेटिको मड्रिड ६३ अंकसहित पहिलो स्थानमा छ । यस्तै २७ खेलबाट ५९ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.