क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरेमा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट—२०७७ को हिजो मंगलबार भएको खेलमा पथरी शनिश्चरे ८ नम्बर वडा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
आयोजक ‘बि’ लाई टाई–ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ ले दोश्रो चरणमा स्थान सुनिश्चित गरेको हो।
खेलको ५१ औँ मिनेटमा वडा नम्बर ८ का महेन्द्र मगरले समीर याक्खाको पासमा किपरलाई विट गर्दै उत्कृष्ट गोल गरेर टिमलाई अग्रता दिलाएका थिए तर सो अग्रता ४ मिनेट बढी टिक्न सकेन । आयोजक टिमका अमर दर्जिले खेलको ५५ औँ मिनेटमा जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
दुवै टिमले खेल अवधी भर गोल गर्ने केही अवसर पाए पनि गोलले जाली चुम्न नसक्दा १–१ को बराबरीमा खेलको निर्धारित समय सकिएको थियो । टाई ब्रेकरतर्फ धकेलिएको खेलमा आयोजकका अमर दर्जी, लक्ष्मिर गुरुङ्ग र सुरेश राईले गोल गरे पनि सन्जय मगर र सन्नी राईले गोल गर्न नसक्दा हार व्यहोर्न बाध्य बनेको हो ।
वडा नम्बर ८ का भानुहाङ खजुम गोल गर्न चुके पनि समीर याक्खा , सुजन खत्री, महेन्द्र मगर र एलि लिम्बुले गोल गर्दा जितका लागि पर्याप्त बनेको हो। आजको खेलको मेन अफ द म्याच वडा नम्बर ८ का महेन्द्र मगर घोषित हुँदै नगद १५ सय प्राप्त गरेका छन । प्रतियोगिता अन्तर्गत आजको खेल वडा नं. ६ र वडा नम्बर ३ बीच हुनेछ छ ।
भिडियो हेर्नुहोस् :-
https://www.youtube.com/watch?v=tIXe0ago_PM