बुहारीलाई जिउँदै आगो लगाउने व्यक्ति ७ वर्षपछि पक्राउ - Crazysaptahik.com

बुहारीलाई जिउँदै आगो लगाउने व्यक्ति ७ वर्षपछि पक्राउ

आफ्नी बुहारीलाई जिउँदै आगो लगाएर भागेका बाँकेका हनिफ शेष ढपालीलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । बाँकेको नरैनापुर गाउँपलिका–२ घर भएका शेषलाई सो गाउँपालिकाको वडा नम्बर–१ स्थित सुईयाबाट प्रहरीले पक्राउ गरेको हो ।

दाइजोको निहुँमा ७५ वर्षीय शेषले ०७० मा बुहारीलाई मट्टितेल छर्केर आगो लगाएर भागेका थिए । ७ वर्ष भारतमा लुकेर बसेका उनलाई गाउँ आएको सुराक पाएपछि पक्राउ गरिएको जिप्रका बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले रातोपाटीलाई बताए ।

उनीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो । पत्नीलाई आगो लगाउने पती र सासु अझै फरार छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.