अवैध सम्बन्धबाट जन्मिएको शिशु कपडामा पोको पारेर दराजमा लुकाउने महिला पक्राउ - Crazysaptahik.com

अवैध सम्बन्धबाट जन्मिएको शिशु कपडामा पोको पारेर दराजमा लुकाउने महिला पक्राउ

पोखरा । पोखरामा घरको कोठामा रहेको दराजमा कपडामा पोको पारेर नवजात शिशु राखेको अवस्थामा एक महिला पक्राउ परेकी छिन् । अवैध सम्बन्धबाट जन्मिएको शिशु घरको कोठाको दराजमा लुकाएको आरोपमा सिन्धुपाल्चोक घर भइ पोखराको अधिकारी टोलमा बस्दै आएकी २३ वर्षीया अस्मिता घलेलाई प्रहरीले पक्राउ गरेको हो ।

कोठामा बच्चा जन्माएसँगै स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भोलिपल्ट पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज पुगेपछि जाँचका क्रममा उनले अवैध बच्चा जन्माएको शंका लागेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।

अभियुक्त घलेले शुक्रबार राति ९ बजे शिशु जन्माएपछि नवजात शिशुलाई दराजको कपडामा गुटुमुटाएर लुकाइ आफू भने उपचारका लागि अस्पताल पुगेपछि सोधखोजका क्रममा बच्चा जन्माएर दराजमा लुकाएको पोल खुलेको प्रहरीले जनाएको छ ।

घलेको बयानपछि उनको डेरा कोठामा पुगेको प्रहरीले खानतलासी गर्दा दराजभित्रको कपडामा गुटुमुटाएर लुकाएको अवस्थामा मृत नवजात शिशु फेला पारेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।

सात महिना अघिदेखि पोखरामा बस्दै आएकी घलेले नवजात शिशुको हत्या गरेकी हुन् वा मृत जन्मिएको हो भन्ने बारेमा पत्ता लगाउन शिशुको शवलाई प्रहरीले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पठाएको छ ।

प्रवक्ता हमालले पोस्टमार्टमबाट बच्चा मृत जन्मेको वा जन्माएर मारेको हो भन्ने रिपार्ट आएपछि सोही आधारमा कारवाही प्रक्रिया अगाडी बढ्ने बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.