ट्याक्सी दुर्घटना हुदा एक जनाको मृत्यु - Crazysaptahik.com

ट्याक्सी दुर्घटना हुदा एक जनाको मृत्यु

पाँचथर । सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन ।

पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु गम्भिर घाईते भएका थिए ।

घाइते लिम्बुलाइ तत्काल उपचारका लागि जिल्ला अस्पताल पाँचथर लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.