विकास र रोशन चम्किदा पथरी शनिश्चरे १० विजयी - Crazysaptahik.com

विकास र रोशन चम्किदा पथरी शनिश्चरे १० विजयी

क्रेजी संवाददाता
पथरी । प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट २०७७ मा विकास तामाङ र रोशन माझीको गोलको मद्दतले पथरी शनिश्चरे वडा नं. १० बिजयी भएको छ ।

पथरी शनिश्चरे–१० मा अवस्थित पथरीशनिश्चरे रंगशालामा आज भएको खेलमा वडा नं. ७ लाई २–० गोल अन्तरले वडा नं. १० ले जित आफ्नो पोल्टामा पारेको हो । खेलको ११ औ मिनेट र २० औं मिनेटमा विकास र रोशनले गोल गरेका थिए ।

दुवै तर्फका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । खेल अवधिभर वडा नं. ७ ले केही सुनौलो अवसरहरु प्राप्त गरे पनि गोल गर्नबाट चुकेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच विजेता टिमका रोशन माझी घोषित भए । माझीलाई वडा नं. १० का कार्यवाहक अध्यक्ष मैनादेवी फुयलले नगद रु. १५ सय र मेडल प्रदान गरेकी थिइन् ।

सी.वाई.सी. पथरी शनिश्चरे शिविरको आयोजनामा भइरहेको प्रतियोगिताको भोलिको खेल दोस्रो चरण अन्तर्गत पहिलो खेल पथरी शनिश्चरे वडा नं. १ र ९ बीच हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.