सहकारी दिवसको अवसरमा पथरी शनिश्चरे ९ मा रक्तदान - Crazysaptahik.com

सहकारी दिवसको अवसरमा पथरी शनिश्चरे ९ मा रक्तदान

ईस्वर दुलाल
पथरी ।
६४ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आज पथरी शनिश्चरे ९ मा सहकारी समन्वय समिति पथरी शनिश्चरे र सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको आयोजनामा भएको हो । सो रक्तदान कार्यक्रममा ५७ पिन्ट बल्ड सङ्कलन भएकोे शनिश्चरे साकोसका अध्यक्ष एकराज निरौलाले जनकारी दिए ।

सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाउने सन्दर्भमा सहकारी समन्वय समिति पथरी शनिश्चरेको पहलमा नगरभरिका संस्थाको भेलाले गरेको निर्णय अनुसार सो रक्तदान कार्यक्रम भएको हो ।

यस्तै अन्य कार्यक्रमहरु क्रमशः चैत्र १५ गते अमरसिंह मा.वि. हसन्दहको मैदानमा विहान ८ बजे सहकारी संस्थाका सञ्चाकक र कर्मचारी बीच फुटबल खेल हुनेछ । यस्तै, १६ गते आ–आफ्नो स्थानमा सहकारी मैत्री होली कार्यक्रम, १७ गते आरती बहुउद्देश्यीय सहकारी संस्थामा ११ बजे मोरङ जिल्ला भरिका पालिका स्तरीय सहकारी संस्थाका सञ्चालकहरु बीच सहकारी हाजिरी जवाफ प्रतियोगिता हुनेछ ।
सोही दिन २ बजे सो संस्थामा मूल समारोह समितिको आयोजनामा पत्रकार सम्मेलन, १८ गते रतुवामाई, मिक्लाजुङ, उर्लावारी र पथरी शनिश्चरेका संस्थाहरुका आम सहकारी सदस्य संलग्न मोटरसाइकल ¥याली, उर्लावारी बरगाछीमा भेला भई पथरी बजारसम्म दिनको ठीक ४ वजे हुनेछ ।

यस्तैगरी १९ गते बिहान ८ वजे मुल कार्यक्रम स्थल (साकेलाथान)मा सरसफाई कार्यक्रम र बेलुका साँझमा सबै संस्थामा दिपावली, २० गते मुल समारोह, झाँकी सहितको समुहले पथरी बजार परिक्रमण गरि सहकारी कर्मचारी संगठनको पहलमा स्थापित बखान सिं गुरुङको प्रतिमा अनावरण सहित विविध कार्यक्रमहरु रहनेछन् ।

सम्बन्धित खवर