जगाऔं होलीको रङ - Crazysaptahik.com

जगाऔं होलीको रङ

– तारा लाओती लिम्बु

मनको खुशीले रङ्गीन बनाऔ होलीको रङ
तनको स्पूर्तिले नजिक गराऔ होलीको रङ

बर्षेनी छाउने रङहरूको रमाइलो यो चाड
माया सद्भावले अरू सजाऔ होलीको रङ

हरेक रङहरूले खुशीयाली छर्ने हो यो पर्व
दुःख पिडाहरूमा पनि अटाऔ होलीको रङ

साथी संगी खुलेर मनाउने यो पनि हाम्रो चाड
मित्रताका हातहरूले समाऔ होलीको रङ

बन्धुबान्धवबिचको दुरी मेट्ने यो पनि हो पर्व
शुद्ध सम्बन्धले भरपूर जगाओ होलीको रङ

– पथरी शनिश्चरे न.पा. १, मोरङ

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.