सहज जितसँगै तेस्रो स्थानका लागि दूरी घटाउदै बार्सिलोना - Crazysaptahik.com

सहज जितसँगै तेस्रो स्थानका लागि दूरी घटाउदै बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत एथ्लेटिको क्लबविरुद्ध आइतबार राति प्राप्त ४–० को सहज जितसँगै बार्सिलोनाले शीर्ष तीनको दूरी घटाएको छ । घरेलु मैदान क्याम्प नोउको प्रभावशाली जितसँगै बार्सिलोनाले तेस्रो स्थानको रियल बेटिससँगको दूरी एक अंकमा घटाएको हो ।

बार्सिलोना २५ खेलबाट ४५ अंक जोड्दै चौथो स्थानमा छ भने बेटिस २६ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा छ । २६ खेलबाट ६० अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ ।

बार्सिलोनाको १२औं जितमा पिएरे एमरिक औबामेयाङ, औसमाने डेम्बेले, लुक डि जङ र मेम्पिस डिपाएले १–१ गोल गरे ।

पहिलो हाफमा १ गोल गरेको क्याटलान क्लबले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । पराजित एथ्लेटिको २६ खेलबाट ३७ अंकसहित आठौं स्थानमा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.