४४ वर्षीय बुफोन अझै दुई वर्ष फुटबल खेल्ने - Crazysaptahik.com

४४ वर्षीय बुफोन अझै दुई वर्ष फुटबल खेल्ने

इटालीको राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य जियानलुइजी बुफोनले पार्मासँगको करार सन् २०२४ सम्म थपेका छन् । यसको अर्थ करार अवधि सकिँदा उनी ४६ वर्षका हुनेछन् ।

४४ वर्षीय विश्वकप विजेता गोलकिपरले इटालीको सिरिए बी क्लबसँग गत वर्ष दुई सिजनका लागि करार गरेका थिए । ‘म र मेरो परिवारको लागि यो खुसीको दिन हो । मलाई आशा छ, यो सहर र फ्यान पनि खुसी हुनेछन्,’ बुफोनले भने ।

युभेन्टससँग १० वटा सिरिए ए को उपाधि जितेका बुफोनले इटालीको शीर्ष लिगमा कीर्तिमानी ६५७ खेल खेलेका छन् । उनले सन् १९९५ मा पार्माका लागि सिरिए ए मा डेब्यू गरेका थिए ।

यो सिजन क्लबका लागि उनले २३ खेल खेलेका छन् । २६ खेलपछि उनको क्लब लिगको १३ औँ स्थानमा सीमित रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.