एफए कप : सिटी क्वाटरफाइनल पुग्दा टोटनहम बाहिरियो - Crazysaptahik.com

एफए कप : सिटी क्वाटरफाइनल पुग्दा टोटनहम बाहिरियो

च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा १–१ गोल गरे ।

राति नै भएको अर्काे खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० अन्तरले पराजित हुँदै टोटेनहम एफए कपको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।​ टोटेनहमलाई स्तब्ध बनाउने क्रममा जोस कोवर्नले खेलको १०७ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.