१० नवोदयका मिन धिमाल विपक्षी टिमका सुवास राईबाट बल खोस्न प्रयास गर्दै । –तस्बिर : ईस्वर दुलाल/ क्रेजी साप्ताहिक
क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन १० नवोदय विजयी भएको छ ।
१० नवोदयले वाई.एफ.सी. लाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै विजयी बनेको हो । खेलको पहिलो हाफको ३४ औं मिनेटमा १० नवोदयका गोलकिपर पुस्कर राईले हानेको बललाई ‘कन्ट्रोल’ गरी अघि बढाउँदै विवेक लिम्बुले गोलको खाता खोलेका थिए ।
यसैगरीगरी खेलको ५३ औं मिनेटमा वाई.एफ.सी.का भिषन राईले गोल नियन्त्रण गर्ने क्रममा आफ्नै पोलमा गोल गर्न पुगेका थिए । यस्तै वाईएफसीले खेलको ६८ औँ मिनेटमा १ गोल गर्दै खेल फर्कने प्रयास गरेपनि जितको लागि गोल गर्नबाट चुके । वाईएफसीका लागि सुवास राईले रोबिन राईको पासमा हेड मार्फत् सान्त्वना गोल फर्काए ।
खेलको अन्त्यतिर खेलमा फर्कने प्रयास गरिरहेको वाईएफसीको तर्फबाट खेलको ७७ औं मिनेटमा अमृत राईले पनि भीषन राईले झै आफ्नै गोलपोष्टमा गोल गरे ।अतः १० नवोदय विजयी बन्यो । जितसँगै १० नवोदयले खेल तालिकामा ३ अंक जोडेको छ भने वाईएफसी अंकविहिन बन्न पुग्यो ।
खेलमा वाईएफसीले थप गोल गर्ने अवसरहरु प्राप्त गर्न प्रयासरत भइ नै रहेको बेला असिम राईले गरेको निक्कै राम्रो प्रहार विपक्षी टिमका गोलकिपर पुस्कर राईले पन्च गरेर बल हुनबाट जोगाएका थिए । खेल अवधिभर १० नवोदयका दुई खेलाडीद्वय विवेक लिम्बु र रोशन माझीले ऐल्लो कार्ड पाएका थिए ।
खेलको मेन अफ द म्याच विजेता टिमका विवेक लिम्बु घोषित भए । उनलाई उद्योग वाणिज्य संघका अध्यक्ष तथा खेलको प्रमुख अतिथि धनकुमार तामाङले ट्रफी मेडल र नगद प्रदान गरेका थिए ।
भोलिको खेल समूह ‘बी’ बाट देविगञ्ज फुटबल क्लब र सिरिजंघा फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।