अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन - Crazysaptahik.com

अस्ट्रेलियाका महान क्रिकेटर सेन वार्नको निधन

अस्ट्रेलियाका महान् लेग स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण वार्नको निधन भएको बीबीसीले जनाएको हो । वार्नले आफ्नो १५ वर्षे करियरमा टेस्ट क्रिकेटका १४५ खेलमा सर्वाधिक दोस्रो ७०८ विकेट लिएका थिए ।

उनले सन् १९९९ को एकदिवसीय विश्वकपको उपाधि पनि जितेका थिए । एकदिवसीय क्रिकेटमा उनले १९४ खेलमा २९३ विकेट लिन सफल भएका थिए ।

सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले सन् २०१३ सम्म फ्रेन्जाइजी टी २० क्रिकेट खेलेका थिए ।इंग्ल्याण्डका ब्याट्सम्यान माइक ग्याटिङलाई आउट पार्ने क्रममा उनले गरेको बलिङलाई बल अफ द सेन्चुरी घोषणा गरिएको थियो ।

उनको व्यवस्थापनले एक विज्ञप्ति जारी गर्दै थाइलाइन्डमा शुक्रबार सम्भावित हृदयघातका कारण उनको निधन भएको जानकारी दिएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.