ऋषभ पन्तले बराबरी गरे धोनीको नचाहिने कीर्तिमान - Crazysaptahik.com

ऋषभ पन्तले बराबरी गरे धोनीको नचाहिने कीर्तिमान

शुक्रबारदेखि मोहालीमा सुरु भएको भारत र श्रीलंकाबीचको पहिलो टेस्टको सुरुवाती दिनमा ६ विकेटको क्षतिमा भारतले ३५७ रन बनायो । ऋषभ पन्त भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए।

यद्यपि उनी शतक बनाउन भने चुके र ९७ बलमा मात्र ९६ रन बनाउँदै आउट भए । योसँगै उनले आफ्नो नाममा नचाहिने रेकर्ड बनाएका छन् । पन्तले ९० देखि १०० रनको बीचमा टेस्ट क्रिकेटमा सर्वाधिक आउट हुने महेन्द्रसिंह धोनीको विश्व कीर्तिमान बराबरी गरेका हुन् ।

अब उनी धोनीसँगै सबैभन्दा धेरै ५ पटक शतक नजिक पुगेर चुक्ने विकेटकिपर–ब्याट्सम्यान बनेका छन् । उनीपछि क्विन्टन डिककको नाम आउँछ । डिकक ४ पटक चुकेका छन् । पन्तले अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्सको २५ वर्षमुनि सबैभन्दा बढी नर्भस नाइटीजमा आउट हुने कीर्तिमान पनि बराबरी गरेका छन्।

पन्तजस्तै डे भिलियर्सले पनि २५ वर्ष नपुग्दै पाँच पटक टेस्टमा नर्भस नाइटीजमा आउट भएका थिए । गत वर्ष अष्ट्रेलियाविरुद्धको सिड्नी टेस्टमा उनी ९७ रन बनाएर पेभिलियन फर्किएका थिए । यसैगरी सन् २०२१ मा इङल्याण्डविरुद्धको घरेलु शृंखलामा पनि उनी ९१ रनमा आउट भएका थिए ।

पन्त ९०–१०० रनको बीचमा ५ पटक आउट नभएका भए उनले अहिलेसम्म ९ शतक बनाउने थिए । उनले अहिले औसत ४०.६९ मा खेलेका २९ म्याचमा १८३१ रन बनाएका छन् जसमा ४ शतक समावेश छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.