क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे प्रिमियर लिगको पहिलो संस्करणमा सेकेन्ड रनरअप भएको द रियल ब्रदर्शले दोस्रो संस्करणमा सानदार जित निकाल्दै आफ्नो यात्रा प्रारम्भ गरेको छ ।
इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आइतबार भएको ग्रुप ‘बी’ अन्तर्गतको दोस्रो खेलमा द रियलले न्यू स्टार एफ.सी.लाई ० को विरुद्ध ३ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको ३३ औं मिनेटमा द रियल ब्रदर्सका सुरज शिवाले फ्रिकिक मार्फत् गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । यस्तै द रियल ब्रदर्सका समिर याक्खाले खेलको ३९ औं मिनेटमा थप १ गोल गर्दै टिमको जित दोब्बरले अघि बढाए । खेलको दोस्रो हाफमा ब्रदर्सका अंकित लिम्बुले खेलको ५९ मिनेटमा थप १ गोल गरे । यसरी ३–० को जित निकाल्दै द रियल ब्रदर्शले ३ अंक जोड्न सफल भएको छ ।
खेलको म्यान अफ द म्याच पहिलो संस्करणमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेका द रियल ब्रदर्सका समिर याक्खा घोषित भए ।
भोलिको खेल वाई.जी.एफ.टी. र १० नवोदय बीच हुने आयोजकका कोषाध्यक्ष श्रीहाङ राईले जानकारी दिए ।