पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : वाईजीएफटी र १० नवोदयले अंक बाडे - Crazysaptahik.com

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : वाईजीएफटी र १० नवोदयले अंक बाडे

क्रेजी संवाददाता
पथरी । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा वाईजीएफटी र टेन नवोदयले बराबरी खेल्दै अंक बाढेको छ ।

सोमबार भएको खेलमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल बराबरीमा टुङ्गिएको हो । खेलमा दोस्रो हाफको ४७ औं मिनेटमा १० नवोदयका मिन धिमालले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यस पश्चात् निक्कै रोमान्चक खेल प्रदर्शन गरिरहेको वाई.जी.एफ.टी.का सन्जय लिम्बुले खेलको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ३५ औ मिनेटमा वाइजीएफटीका खेलाडी सञ्जय लिम्बुले विपक्ष पोष्टमा गोल गरे । गोल पोलमा ठोक्किएर पोष्टको लाइन नजिकै खसेर बाहिरिएको कारण रेफ्री सन्दिप राउतलाई तत्काल निर्णय गर्न सकेनन् । केही समयको विवाद पश्चात् वाइजीएफटीले पोष्टमा ठोक्किएर लाइन भित्र खसेको गोल नभएको रेफ्री राउतले निर्णय दिए ।

खेलको म्यान अफ दी म्याच बी. एण्ड.बी. वाईजीएफटीका सन्जय लिम्बु घोषित भए । कार्यक्रमको प्रमुख अतिथि मोरङ जिल्ला फुटबल सघका महासचिव प्रकाश मास्केले म्यान अफ द म्याचको ट्रफी र नगद हस्तान्तरण गरेका थिए ।

भोलिको खेल वाई.एफ.सी. र शिखर एफसी बिच हुने आयोजक कमिटीका सचिव मनि लुम्फुवा लिम्बुले जानकारी दिए ।

सम्बन्धित खवर