पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय महिला दिवसमा रक्तदान - Crazysaptahik.com

पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय महिला दिवसमा रक्तदान

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजनामा ‘सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरी ११२ औं अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ ।

नगरस्तरीय रक्तदान कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले यस्ता दिवस भाषण गरेर मनाउनु भन्दा मानिसलाइ जीवन बचाउने रगतको दान गर्नु उचित लागेर यस्तो कार्यक्रम राखिएको बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहितको उपस्थिति रहेको थियो ।
रक्तदातालाई मायाको चिनो प्रदान समेत गरिएको कार्यक्रममा नगरस्तरीय महिला फेडेरेशन, अखिल नेपाल महिला संघ, युवा संघको सस्थागत उपस्तिथि सहितका सबै पक्षको समेत गरी ३३ पिन्ट रगत संकलन भएको छ । सो रगत रेडक्रस मोरङ विराटनगरमा जम्मा गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.