नेपालले पीएनजीसँग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल त्रिवि मैदानमा खेल्ने - Crazysaptahik.com

नेपालले पीएनजीसँग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल त्रिवि मैदानमा खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवान्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले पीएनजसँग आगामी चैत ११ र १२ गते घरेलु मैदानमा दुई खेल खेल्ने भएको हो ।

दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकवणात्मक टी२० श्रृंखलाअघि नेपालले पीएनजीसंग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको हो ।

त्रिकोणात्मक टी२० श्रृंखला पनि त्रिवि मैदानमा चैत १४ देखि २१ सम्म हुनेछ । नेपाली टोली क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएई र पीएनजीविरुद्ध हुने श्रृंखलाको तयारी गर्न हाल श्रीलंका भ्रमणमा छ । नेपालले त्यहाँको प्रथम श्रेणीको टिमसँग चार अभ्यास खेल खेल्नेछ र उतैबाट युएई प्रस्थान गर्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.