
क्रेजी संवाददाता
पथरी । बुधबार भएको खेलमा न्यू स्टार एफ.सी.ले विजयी हुँदै ३ अंक जोडेको छ । पथरीशनिश्चरे प्रिमियर लिगको आज भएको खेलमा न्यू स्टारले देविगन्ज एफ.सी.लाई ० को विरुद्ध ५ गोल अन्तरले स्तब्ध पार्दै जितको लय पक्रेको हो ।

ग्रुप ‘बी’ अन्तर्गतको तेस्रो खेलमा न्यू स्टारका स्ट्राइकर जुनियर सावा नायक सावित बने । सावाले आफ्नो टिमलाई सहज जित दिलाउन खेल सुरु भएको ४ मिनेटमै गोलको खाता खोलेका थिए । त्यसपछि क्रमशः १० औं मिनेट, ८० औं मिनेटमा पेनाल्टी मार्फत् गोल गरे भने खेल समाप्तीको अतिरिक्त समयमा सानदार गोल गर्दै खेलमा एक्लैले ४ गोलकर्ताको नाम लेखाउदै खेलको म्यान अफ द म्याच घोषित भए । न्यूस्टारकै तर्फबाट १७ औं मिनेटमा अमर याख्खाले एक गोल गरेका थिए ।
खेलको दोस्रो हाफमा भने देविगन्ज एफ.सी.ले उत्कृष्ट लय समातेको थियो । देविगन्जले ४ वटा सुन्दर अवसरहरूलाई सदुपयोग गर्न नसक्दा लज्जस्पद हार व्यहोर्नु परेको थियो ।
भोलिको खेल समूह ‘बी’ बाट अघिल्लो खेलमा विजयी भएका टिमहरु सिरिजंघा एफ.सी. र द रियल ब्रदर्श बीच हुने आयोजकले जानकारी दिएको छ ।

