पथरी शनिश्चरे– ४ द्वारा स्वास्थ्य सामग्री वितरण - Crazysaptahik.com

पथरी शनिश्चरे– ४ द्वारा स्वास्थ्य सामग्री वितरण

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे वडा नं. ४ ले वडावासीलाई इसंक्रमण रोगबाट बचाउन निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कार्यालयले वडा भरिका १६ सरकारी एवं गैर सरकारी संघ संस्थाहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको हो । वडा कार्यालयले वडाभित्रका सर्वसाधारणलाई कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने हेतुले सर्जिकल मास्क र १ लिटरका दरले १६ संघसंस्थाहरुलाई सेनिटाइजर वितरण गरेको हो ।

पथरीशनिश्चरे वडा नं. ४ ले आ.व. ०७८–०७९ मा वडामा विनियोजन गरेको कुल २ लाख बजेटबाट बांकी रहेको ५० हजार रुपैयांबाट स्वास्थ्य सामग्री वितरण गरिएको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले जानकारी दिए ।

जसमा हुलाक कार्यालय, सशस्त्र बेस क्याम्प शनिश्चरे, अस्थायी प्रहरी चौकी कुशल चोक, भागिरथ मावि, जनकल्याण आवि, सरस्वती आवि, सिद्धार्थ आविलाई स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।

यस्तै, वडामा रहेका संस्थागत विद्यालयहरुलाई समेत उक्त सामग्री वितरण गरिएको थियो । जसमा बाल जागरण विद्या मन्दिर, ब्राइट सनराइज ई. स्कुल, सुपब मोडल एकाडेमी, किर्तिपुर एकाडेमी, ग्रेटग्रेस ई. स्कुल लगायत रहेका छन् ।

सम्बन्धित खवर