बार्सिलोना बराबरीमा रोकियो - Crazysaptahik.com

बार्सिलोना बराबरीमा रोकियो

स्पानिस क्लब बार्सिलोना युरोपा लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् । बार्सिलोना र गलातासारेबीचको दोस्रो लेग अर्को हप्ता गलातासारेको मैदानमा हुनेछ ।

युरोपालिग अन्तर्गत नै अन्य खेलमा फ्रेन्च क्लब मोनाको ब्रागासँग २–० ले पराजित भयो।  यस्तै इटालियन क्लब एट्लान्टाले जर्मन क्लब बायर लेभरकुसेनलाई ३–२ ले तथा रेन्जर्सले एफक्रेभेनालाई ३–० ले हराएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.