आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश - Crazysaptahik.com

आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँ झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल फर्कायो । खेलको २७ औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गर्दै अग्रता दिलाएका एि ।

सतदोबाटोका लागि दिपकराजसिंह ठकुरीले गोल गरे । पहिलो हाफ १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा आर्मीले ३ गोल गरयो  । खेलको ६० औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुराए  ।

८० औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे । ८४ औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ४–१ ले बिजयी भयो । शनिबार दोस्रो फाइनल खेल आयोजक झापा–११ र संकटा क्लबबीच हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.