१० खेलाडीमा सिमित एथ्लेटिको विजयी - Crazysaptahik.com

१० खेलाडीमा सिमित एथ्लेटिको विजयी

स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एथ्लेटिकोले काडिजलाई २–१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक–एक गोल गरे ।

काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एथ्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए । २८ खेलबाट ५१ अंक बनाएको एथ्लेटिको शीर्ष तीनमा उक्लिएको छ । काडिज भने २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.