मिक्लाजुङ्ग ५ मा एमालेको टोल कमिटी गठन - Crazysaptahik.com

मिक्लाजुङ्ग ५ मा एमालेको टोल कमिटी गठन

क्रेजी संवाददाता
मिक्लाजुङ्ग २८ फागुन। मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ५ ठुलो साम्लिङ्ग र जोगिटारमा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ। आज शनिबार मिक्लाजुङ्ग वडा नं. ५ शाखा कमिटीले एक कार्यक्रमको आयोजना गरि कमिटी गठन गरेको हो।

विजय राईको अध्यक्षताको नव गठित २३ सदस्यीय टोल कमिटीलाई जिल्ला सदस्य डिल्ली खतिवडाले सपथ ग्रहण गराएको वडा नं. ५ शाखा कमिटी अध्यक्ष मनोज ढकालले जानकारी दिनुभयो।

कार्यक्रममा पुर्व नेपाली काँग्रेसका वडा पार्टी सचिव सन्तोष कार्कीको नेतृत्वमा मेनुका श्रेष्ठ र सरस्वती राई त्यस्तै, माओवादी केन्द्रबाट आनन्द कुलुङ र पबित्र कुलुङ्गले पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेको पनि ढकालले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु डिल्ली प्रसाद खतिवडा, सरला राई सहित गाउँ पार्टी उपसचिव बबिता ढकाल, गाउँ पार्टी सचिवालय सदस्य राम कुमार राई, योगेन्द्र ढकाल, महेन्द्र राई, ५ नं. वडा शाखा कमिटी सचीव सुरेन्द्र राई, राष्ट्रिय युवा संघ वडा नं. ५ अध्यक्ष पायल राई लगायतको उपस्थित रहेको थियो।

सम्बन्धित खवर