रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित - Crazysaptahik.com

रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार राति टोटनहम हट्सपरलाई ३–२ ले पराजित गरेको छ । ह्याट्रिकपछि रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउँदा युनाइटेड भने अंक तालिकामा चौथो स्थानमा उक्लेको छ ।

रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अनुसार रोनाल्डोले सर्वाधिक ८०७ गोल गरेका छन् । दोस्रो स्थानमा रहेको जोसेफ बिकानको ८०५ गोल छ ।

यस्तै रोनाल्डोले १४ वर्ष ५९ दिनपछि प्रिमियर लिगमा ह्याट्रिक गरेका हुन् । उनको यो करियरको ४९औं ह्याट्रिक हो । ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन रोनाल्डोले १२औं, ३८औ र ८१औं मिनेटमा गोल गरे ।

टोटनहमका ह्यारी केनले ३५औं मिनेटमा पेनाल्टी गोल गरेका थिए भने युनाइटेडका कप्तान ह्यारी मग्वाएरले ७२औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए । यस जितपछि २९ खेलबाट ५० अंक जोडेर युनाइटेड चौथो स्थानमा उक्लेको हो । टोटनहम ४५ अंकसहित सातौं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.