
रोबर्ट लेवान्डोस्कीले यो सिजन बुन्डेस लिगका २६ खेलमा २९ औँ गोल गरे पनि बायर्न म्युनिख पाँचौ स्थानमा रहेको होफनहायमसँग बराबरी खेल्न बाध्य भएको छ । क्रिस्टोफर बौमगार्टनरले खेलको ३२ औँ मिनेटमा गोल गर्दै होफनहायमलाई अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै खेल बराबरी गरे । उता, थोमस मुलरको दुईवटा गोल रद्द गरिए पछि बायर्न जीतबाट भने वञ्चित रह्यो ।
२६ खेलपछि बायर्न दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डभन्दा १० अंकले अघि रहेको छ । बायर्नको ६० अंक रहेको छ भने दुई खेल कम खेलेको डर्टमण्डको ५० अंक रहेको छ ।


