किरात राई चाम्लिङ खाम्बातिममा पुनः युवराज - Crazysaptahik.com

किरात राई चाम्लिङ खाम्बातिममा पुनः युवराज

क्रेजी संवाददाता
धरान । सुनसरीको धरानमा भएको किरात राई चाम्लिङ खाम्बातिमको ५ औं राष्ट्रिय सम्मेलनबाट पुनः युबराज राईको अध्यक्षतामा सर्वसहमत नयाँ समिति निर्वाचित भएको छ ।

खाम्बातिमको फाउन २८–३० गते धरानमा पाँचौ राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलनले उपाध्यक्षमा नरबहादुर राई, जयराम राई, भगवती चाम्लिङ राई, महासचिवमा जितकुमार राई, सचिबमा सइन्द्र राई, भुपाल राई चयन भएका छन ।

यसैगरी कोषाध्यक्षमा राकेश राई, सह कोषाध्यक्ष एलिना राई, सुनिता राई चयन भएका छन ।सदस्यहरूमा मिलनकुमार राई , बिष्णु राई , निरबहादुर राई , गंगाप्रशाद राई , जितमान राई , नोगेन राई , सितादेबी राई , रेवत राई , स्यामलाल चाम्लिङ, सुर्यधन राई , केबिन्द्र राई , सागर राई , बिपिन राई , केवलराम राई , अजय रोशन राई , रकम रोदुङ सर्वसहमत चयन भएका हुन् ।

सम्मेलनले विभिन्न २५ वटा पाछाबाट २५ जना केन्द्रीय परिषद सदस्य पनि मनोनीत भएका छन् । सम्मेलनले प्रदेश नं. १ लाई किरात प्रदेश घोषणा गर्नुपर्ने, प्रदेशमा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषा बनाइनु पर्ने, बिधालयमा भाषामा पठनपाठन हुनुपर्ने, धर्म संस्कृतिलाई संरक्षण र विकास गर्नुपर्ने लगायतको ६ बुँदे घोषणा पत्र जारी गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.