शेन वाटसन दिल्लीको सहायक प्रशिक्षक नियुक्त - Crazysaptahik.com

शेन वाटसन दिल्लीको सहायक प्रशिक्षक नियुक्त

इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले अष्ट्रेलियनका पूर्व अलराउण्डर शेन वाट्सनलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । दिल्लीले मंगलबार ४० वर्षीय वाट्सनलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो

दिल्लीको कोचिङ स्टाफमा अष्ट्रेलियाको रिक्की पोन्टिङ मुख्य प्रशिक्षक छन् । यस्तै प्रविन आम्रे सहायक प्रशिक्षक, अजित अग्राकार सहायक प्रशिक्षक र जेम्स होप्स बलिङ प्रशिक्षकको रुपमा छन् ।

दिल्लीको सहायक प्रशिक्षक नियुक्त भएपछि वाटसनले आईपीएल विश्वकै उत्कृष्ट प्रतियोगिता भएको भन्दै आफूले धेरै उत्कृष्ट क्षणहरु बिताएको र अहिले प्रशिक्षणको अवसर पाउँदा उत्साहित रहेको बताए ।

उनले दिल्लीको टिम उत्कृष्ट रहेको र आफू टिमसँग जोडित बतुर रहेको पनि बताएका छन् । वाटसनले खेलाडीको रुपमा राजस्थान रोएल्सबाट सन् २००८ मा पहिलो संस्करणकै उपाधि जितेका थिए ।

वाटसनले चेन्नाई सुपर किंग्स र राजस्थान रोएल्सबा६ पनि आईपीएल खेलेका छन् । उनले चेन्नाईबाट दुई पटक उपाधि जितेका थिए । यस्तै उनले अष्ट्रेलियाबाट दुई पटक एकदिवसीय विश्वकपको उपाधि जितेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.