वडा नं. ४ मा शिक्षण गतिविधि सम्बन्धी अनुगमन - Crazysaptahik.com

वडा नं. ४ मा शिक्षण गतिविधि सम्बन्धी अनुगमन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको अनुगमन् समितिले आइतबार वडा नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत विद्यालयको खाजा व्यवस्थापन सहित शिक्षण गतिविधि सम्बन्धी अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा समिति सदस्य मैनाकुमारी राई लिम्बु, निर्मला गदाल विश्वकर्मा सहितको टोलीले सो विद्यालयको अनुगमन् गरेको हो ।

टोलीले विद्यालयका विद्यार्थी तथा त्यहाँ खाजा समयमा उपस्थित अभिभावकहरुलाई भेटी विद्यालयले व्यवस्थान गर्ने खाजाका सम्बन्धमा सोध्दै त्यसको व्यवस्थापनका बारेमा जानकारी लिएको थियो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद न्यौपाने सहितसँग शिक्षण गतिविधिका बारेमा समेत कुराकानी भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.