भातेगौंडामा सिलाई कटाइ तालिम - Crazysaptahik.com

भातेगौंडामा सिलाई कटाइ तालिम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–६ मा अवस्थित भातेगौंडामा महिलाहरुका लागि ६ महिने सिलाई कटाइ तालिम सुरु भएको छ ।

समृद्धि र सिंहदेवी महिला समूहले आयोजना गरेको तालिमको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै गाउँवस्तीका आर्थिक विपन्न महिलाहरु स्वनिर्भर वन्नका लागि यस प्रकारका तालिमहरु नगरले वडा वडाका आवश्यक ठाउँमा सञ्चालन गरिरहेको वताउनु भयो ।

कार्यक्रममा, स्थानीय समाजसेवी लालबहादुर (एलबी) भण्डारी सहितले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । दुई समूहका आर्थिक विपन्न आदिवासी बाहुल्य रहेको १ सय जना महिलाका लागि नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत १ लाख ९३ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.