मिलनको ‘फर्किन चाहन्छु आमा...’ युट्युवमा सार्वजानिक - Crazysaptahik.com

मिलनको ‘फर्किन चाहन्छु आमा…’ युट्युवमा सार्वजानिक

विदेसिएका युवाहरूको यथार्थ कथालाई समेटेर तयार पारिएको गीत ‘फर्किन चाहन्छु आमा…’ को म्यूजिक भिडियो युट्युवमा सार्वजानिक भएको छ ।

गायक मिलन श्रेष्ठको आवाज रहेको यस गीतको कम्पोज/लिरिक्स आसुसेन लामाले गरेका छन् भने गितार/एरेन्ज/ मिक्स/ मास्टर रिकेश गुरुङले सम्हालेका छन् ।

विदेशमा रहेका एक युवाले आमाप्रतिको माया दर्शाइएको यस गीतको भिडियोमा गायक मिलन श्रेष्ठ, रश्मी भट्ट र बाल कलाकार आदि पौडेलले जीवन्त अभिनय पस्केका छन् ।

मिलन गिता श्रेष्ठ युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको भिडियोलाई निसल पौडेलले छायांकन गरेका हुन् । यस्तै भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने युवराज वाइबाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् म्यूजिक भिडियो :- 

सम्बन्धित खवर