‘सेवाको राजनीति गरौं’–फागो - Crazysaptahik.com

‘सेवाको राजनीति गरौं’–फागो


क्रेजी संवाददाता
उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोले अबको राजनीति सान, मान र प्रतिष्ठाको नभएर जनसेवाको राजनीति गर्नुपर्ने सुझाएका छन् ।

शुक्रबार ‘घर घर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत मोरङको केराबारी गाउँपालिका वडा नं. १ पाटीगाउँको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै सहमहामन्त्री फागोले यस्तो सुझाएका हुन् ।

सो कार्यक्रमका प्रमुख अतिथि फागोले राजनीति सान, मानको नभएर कामको हुनुपर्ने बताए । साथै उनले स्थानीय निर्वाचन संघारमै आइसकेकाले सवै राजनीति दलले जनताको मनोभावना बुझ्ने, जनताको काममा ध्यान दिने व्यक्तिलाई टिकट दिएर निर्वाचन उठाउन र निर्वाचनमा त्यस्ता प्रतिनिधिलाई जिताउनु पर्ने बताउँदै जनताको मन जितेर अघि बढ्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरे ।

पाटीगाउँस्थित महिला सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा उल्लेख्य मात्रामा पार्टी नेता कार्यकर्ताको सहभागिता रहेको थियो । वडा नं. १ का वडा सभापति चन्द्रसिंह लिम्बुको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. १० का वडा सभापति चन्द्र मगर, माधवप्रसाद घिमिरे, कमल राई, केराबारी गाउपालिका वडा नम्वर १० का सभापति चन्द्र मगर तरुण दल सचिब छत्र बस्नेत लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।

यस्तैगरी सोही कार्यक्रममा नेपाली कांग्रेस मोरङ जिल्ला समिति सदस्य उत्तम श्रेष्ठले एमसीसी र सो विषयमा अन्य राजनीतिक पार्टीले छरेका भ्रमका विषयमा जानकारी गराएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.