क्रेजी संवाददाता
पथरी । यस पटकको इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग च्याम्पियन द रियल ब्रदर्श फुटबल क्लबले शनिबार खेलाडीहरुलाई सम्मान गरेको छ ।
शनिबार साँझ पथरीशनिश्चरे–१ सुनाखरी चौकमा अवस्थित युथ क्याफेमा भएको सो कार्यक्रममा द रियल ब्रदर्शले आफ्ना खेलाडी र क्लबलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरेको हो ।
क्लबका अध्यक्ष संजोग चाम्लिङ राईले आफ्ना टिमबाट खेलेका १८ जना खेलाडीहरुलाई सम्मान–पत्र र खादा ओढाएर सम्मान गरेका थिए । खेलाडीहरूसँगै टिमको मेनेजर उमेश सुब्बा, कोच सागर कार्कीलाई सम्मान तथा कदरपत्र र अथिति पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सो सम्मान कार्यक्रममा पथरीशनिश्चरे नगर खेलकुद विकास समितिका अध्यक्ष मनि लिम्बुले बधाई शुभकामना र क्लवका मेनेजर उमेश सुब्बा, कोच सागर कार्की, क्याप्टेन तिर्थराज बस्नेतले आफ्नो अनुभव सुनाउदै खेलाडीहरुलाई बधाई दिएका थिए ।
क्लबको सचिव सागर भट्टराईले सञ्चालन गरेको सो कार्यक्रममा सदस्य टाइवन राईले आय –व्यय प्रस्तुत गरेका थिए । यो सिजनमा खेलाडी क्लवमा अवद्ध गराउँदा लागेको १ लाख २६ हजार लगायत जम्मा ७ लाख ५० हजार खर्च भएको राईले जानकारी गराए । जसमध्ये ३ लाख ५ हजार सहयोग संकलन भएको, २ लाख ५१ हजार पुरस्कार प्राप्त भएको र बाँकी रकम क्लवले बेहोर्ने राईले बताए । प्राप्त पुरस्कारबाट केही प्रतिशत खेलाडीहरुलाई बोनस दिने समेत सदस्य राईले बताए । आगामी सिजनमा क्लबलाई अझ स्तरीय बनाउँदै अघि बढ्ने क्लबका अनर रोशन मादेम्बाले जानकारी गराए ।
पहिलो सिजनमा दोस्रो र यो पटक च्याम्पियन भएर द रियल ब्रदर्शले आफ्नो क्लबलाई स्थापित गरेको छ । यस पटक टिममा रोजिन धिमाल (जी.के), दिलिप धिमाल, धिरेन बिष्ट, समिर याक्खा, योगश धिमाल, सुरज शिवा, विजय लिम्बु, विशाल पाण्डे, सेनेहाङ लिम्बु, र्थिराज बस्नेत (क्याप्टेन), अंकित लिम्बु, डम्बर मगर, अनिश तामाङ, प्रमोद मगर (जि.के.), जयदेश राई, सरन राई, शिशिर राई र रोमन राई रहेका थिए ।
द रियल ब्रदर्शमा खेल्ने ५ भन्दा बढी खेलाडीहरू राष्ट्रिय लेबलको क्लवहरुमा खेल्न थालेको सुनाउँदै अध्यक्ष संजोग चाम्लिङ राई खुशी व्यक्त गरे ।